
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। उनी आज काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुने सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी कार्यशालामा उपस्थित हुने कार्यक्रम छ। एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ।
निर्वाचनमा पराजित भएपछि ओली लामो समयदेखि आफ्नो निवासबाटै पार्टीका बैठक र अन्य गतिविधिमा सक्रिय थिए। यस अवधिमा उनको पित्तथैलीको शल्यक्रिया पनि गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका ओली अब सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन्। उनको उपस्थितिलाई एमाले वृत्तमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे