
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा उल्लेख्य रूपमा वृद्धि गर्दै मध्यमवर्गीय करदातालाई राहत दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आयकरको न्यूनतम सीमा दोब्बर बनाउँदै वार्षिक १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिएका हुन्।
नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक १० लाख रुपैयाँसम्म र विवाहित (दम्पती) को हकमा वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानीमा न्यूनतम १ प्रतिशत सामाजिक सुरक्षा कर मात्र लाग्ने व्यवस्था गरिएको छ। यसअघि अविवाहितका लागि ५ लाख र विवाहितका लागि ६ लाख रुपैयाँसम्मको आयमा कर छुटको सीमा कायम थियो।
अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यमा बढ्दो महँगी, घट्दो क्रयशक्ति र इमानदार करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आयकर संरचना परिमार्जन गरिएको बताएका छन्। उनका अनुसार करको विद्यमान सीमालाई दोब्बर बनाउनुका साथै कर दरमा समेत १० प्रतिशतले कटौती गरिएको छ।
सरकारले गरेको कर संरचना परिवर्तनका कारण निश्चित सीमाभन्दा माथिको आम्दानीमा करको भार उल्लेख्य रूपमा घट्ने र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे