
काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि थप समय दिइएको छ। अब समितिले थप पाँच दिन अनुसन्धान गर्न पाउने भएको छ।
यसअघि दिइएको १५ दिनको समय सोमबार सकिएको थियो। समितिले मंगलबारदेखि लागू हुने गरी थप समय पाएपछि बाँकी काम अघि बढाउनेछ।
समितिले यसअघि नै सम्बन्धित व्यक्तिसँग बयान लिने काम पूरा गरिसकेको छ। साथै आरोपसँग सम्बन्धित कागजात, सम्पत्ति विवरण र अन्य जानकारी पनि संकलन र अध्ययन गरिएको जनाएको छ।
सरकारले गत वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। अब समितिले थपिएको समयभित्र प्रतिवेदन तयार गर्ने र निष्कर्षमा पुग्ने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे