
काठमाडौँ । प्रधानमन्त्री वालेन शाहले आज युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक भेट गर्ने भएका छन् । भेटवार्ता बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय भएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा नेपालको अहिलेको प्राथमिकता, नेपाल र इयू देशबीचको सम्बन्ध तथा सहकार्यका विषयमा छलफल हुनेछ ।
यसअघि पनि प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए । सरकारले यस्तो भेटलाई अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउने प्रयासका रूपमा लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे