
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सबै सामान १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ ।
महानगरले टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर कार्यालय खाली गर्न निर्देशन दिएको हो । यसअघि घरधनीले भाडा नतिरेको भन्दै निवेदन दिएका थिए, जसपछि महानगरको न्यायिक समितिले भाडा असुली र घर खाली गराउने निर्णय गरेको थियो ।
पछि उच्च अदालत पाटनले पनि उक्त निर्णय कार्यान्वयन गर्न आदेश दिएको थियो । सोही अनुसार महानगरले कार्यालय खाली गराएको थियो । तर फेरि नयाँ निवेदन परेपछि अब बाँकी भाडा तिरेर १५ दिनभित्र सामान हटाउन र भवन खाली गर्न पुनः सूचना जारी गरिएको महानगरले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे