
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिनेछ ।
बैठक सुरु भएपछि सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् । त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले थारु समुदायको परम्परा संरक्षणसम्बन्धी विधेयक पेश गर्ने कार्यक्रम छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नेछन् । त्यसपछि उक्त कार्यक्रममाथि धन्यवाद प्रस्ताव पेश र समर्थन गरिनेछ ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने प्रस्ताव पनि पेश हुनेछ । त्यसपछि प्रदेशसभा सदस्यहरूले सरकारको योजना र कार्यक्रमबारे आफ्नो धारणा राख्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे