
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली ले संयुक्त अरब इमिरेट्स क्रिकेट टोली विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा केही बेरमै सुरु हुने खेलका लागि टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
कप्तान रोहित पौडेल ले टस जित्दै ब्याटिङ रोजेका हुन्। टोली व्यवस्थापनले ओपनर कुशल भुर्तेल र आसिफ शेख लाई विश्राम दिँदै नयाँ संयोजन परीक्षण गरेको छ। उनीहरूको स्थानमा अर्जुन कुमाल र विनोद भण्डारी लाई अवसर दिइएको छ।
नेपालको टोलीमा भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित नारायण राजवंशी समावेश छन्।
घरेलु मैदानमा खेलिँदै गरेको यस प्रतिस्पर्धामा नेपालले नयाँ संयोजनसहित सशक्त प्रदर्शन गर्ने लक्ष्य राखेको छ भने समर्थकहरू खेलप्रति उत्साहित देखिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे