
काठमाडौं । नेपाल वायुसेवा निगमले प्राविधिक कारण देखाउँदै काठमाडौं–नारिता उडान स्थगित गरेको छ। निगमका अनुसार अप्रिल ३० गतेका लागि निर्धारित काठमाडौं–नारिता उडान र जेठ १ गतेका लागि निर्धारित नारिता–काठमाडौं उडान रद्द गरिएको हो। यात्रुहरूलाई भएको असुविधाप्रति निगमले क्षमायाचना गर्दै उडानलाई पुनः तालिका अनुसार सञ्चालन गरिने जनाएको छ।
निगमले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार काठमाडौं–नारिता उडान मे १ गते राति ११:३० बजे सञ्चालन हुनेछ भने नारिता–काठमाडौं उडान मे २ गते बिहान ११:०० बजेका लागि निर्धारण गरिएको छ। यात्रुहरूलाई आफ्नो यात्रा योजना सोहीअनुसार मिलाउन आग्रह गरिएको छ।
निगमले यात्रुहरूलाई आवश्यक जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित सूचना लिन अनुरोध गरेको छ। साथै आकस्मिक जानकारीका लागि निगमले उपलब्ध गराएका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे