
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सरकारले राजनीतिक रूपमा नियुक्त भएका पदाधिकारीलाई पदबाट हटाउने गरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उनीहरूले राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा त्रिविका उपकुलपति प्रा।डा। दिपक अर्याल, शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसी र रजिस्ट्रार प्रा।डा। केदारप्रसाद रिजाल रहेका छन्। सरकारी निर्णयपछि विश्वविद्यालयको नेतृत्वमा परिवर्तन हुने अवस्था आएपछि उनीहरूले स्वेच्छिक रूपमा पद छोडेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे