
काठमाडौँ । सरकारले थप तीन वटा अध्यादेश ल्याउने तयारी गरेको छ। बुधबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ती अध्यादेश जारी गर्न प्रस्ताव पठाइएको हो।
राष्ट्रपति कार्यालयका अनुसार विश्वविद्यालय, स्वास्थ्य क्षेत्र र केही नेपाल ऐन संशोधनसँग सम्बन्धित अध्यादेश ल्याउन सिफारिस गरिएको छ। यसअघि सोमबार पनि सरकारले दुई वटा अध्यादेश ल्याउन सिफारिस गरेको थियो, जसमा सहकारी र संवैधानिक परिषद्सम्बन्धी विषय समेटिएका थिए।
यसरी सरकारले छोटो समयमा पटक–पटक अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि यस विषयमा राजनीतिक रुपमा चर्चा र बहस पनि बढ्न थालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे