
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे कडा कदम चालेकी छन्। उनले यस विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएकी हुन्। जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत केही कर्मचारीले इन्धन लिइरहेको तथ्य बाहिर आएपछि मन्त्री मेहताले चासो देखाएकी हुन्।
उक्त आन्दोलनमा मन्त्रालयका १८ वटा र अन्तर्गतका अन्य निकायका ६ वटा गरी कुल २४ वटा सवारी साधन जलेका थिए। ती सवारी साधन पूर्ण रूपमा नष्ट भइसकेका छन् र प्रयोग गर्न मिल्ने अवस्थामा छैनन्। तर पनि तिनै गाडीको विवरण देखाएर इन्धन सुविधा लिने काम भइरहेको भेटिएको हो।
यसरी सरकारी स्रोतको दुरुपयोग भएको देखिएपछि मन्त्री मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे