
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा शिक्षा, विज्ञान, प्रविधि र खेलकुद क्षेत्रमा नेपाल–चीन सहकार्य बढाउने विषयमा छलफल भयो।
मुख्य रूपमा विद्यालयको पूर्वाधार विकास, डिजिटल शिक्षण प्रणाली विस्तार र शैक्षिक परियोजनाहरू छिटो सम्पन्न गर्ने विषयमा कुराकानी भएको थियो। मन्त्री पोखरेलले नेपाली विद्यार्थीका लागि चीनबाट छात्रवृत्ति बढाउन पनि आग्रह गरे।
राजदूत माओमिङले चीन नेपालसँग सहकार्य बढाउन इच्छुक रहेको बताए। दुवै पक्षले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने सहमति गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे