
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य भने आज बढेको छ। आज चाँदी तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार २ हजार २८० रुपैयाँ थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे