
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबार २ हजार २ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे