
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ।
मंगलबार सो सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ थियो। त्यसको तुलनामा बुधबार मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य र विदेशी मुद्रा विनिमय दर अनुसार निर्धारण हुने भएकाले दैनिक उतारचढाव हुने गर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे