
काठमाडौँ , १ फागुन । उदयपुर सिमेन्ट उद्योग मंसिर १९ गते देखि पूर्ण रूपमा बन्द भएको छ। उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार, कोइला खरिदका लागि आवश्यक रकमको अभावले उद्योग बन्द गर्नु परेको हो। उद्योगले कच्चा पदार्थ खरिदमा झन्डै डेढ अर्ब रुपैयाँको दायित्व थुप्रिएको छ।
यसै बीच, उद्योगका सबै बैंक खाता रोक्का गरिएका छन्। रौता सर्भिसेज प्रा।लि।ले ९५ लाख रुपैयाँ भुक्तानी नपाएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दर्ता गरेपछि अदालतले ७ माघमा उद्योगका सम्पूर्ण बैंक खाता रोक्का गर्न आदेश दिएको हो। यसका कारण उद्योगको आर्थिक कारोबार ठप्प भएको छ।
उद्योगमा २ सय २० जना कर्मचारी कार्यरत छन्, तर उनीहरूले पाँच महिना देखि तलव पाएका छैनन्। उद्योगले ६५ करोड रुपैयाँ आपूर्ति भुक्तानी र ३० करोड विद्युत महशुलका लागि बाँकी राखेको छ। साथै, रिटायर कर्मचारीलाई ४५ करोड भुक्तानी गर्न बाँकी छ।
सरकारी १६ करोड रुपैयाँ मर्मत(सम्भारका लागि प्राप्त भए पनि सप्लायर्सले भुक्तानी नपाएको कारण उद्योगलाई थप समस्याको सामना गर्नुपरेको छ। उद्योगले उच्च अदालतमा अपिल गर्ने तयारी गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे