
काठमाडौँ । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्यो। सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ।
विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ। बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिन र अविनाश बोहराले तीन तीन विकेट लिनुभयो । ब्रान्डन म्याकमुलेन, इशान पाण्डे र सैफ जेफले एक एक विकेट लिए । सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा अविजित ५७ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलेनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१ र सेफ जैफले १४ रन बनाए ।
बलिङमा विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए । यस्तै क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट लिए । विराटनगरका कप्तान सन्दीप लामिछाने एपिएलको दोस्रो खेलमा पनि विकेटविहीन बने। पुरै चार ओभर बलिङ गरेका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे