
काठमाडौँ, मङ्सिर १७ । चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा चितवन रनाइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । चितवनका लागि सन्तोष कार्कीले नटआउट २८ रन र शरद भेषवाकरले नटआउट ११ रन जोडे। सन्तोषले ३१ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शरदले २१ बलमा कुनै बाउन्ड्री हान्न सकेनन्।काठमाडौँका लागि शाहब आलमले ३ विकेट लिएका थिए ।
काठमाडौँ गुर्खाजको मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्, जससँग भीम सार्की, साहब आलम, दीपेश कँडेल, रासिद खान लगायत अन्य खेलाडी पनि छन्। काठमाडौँ टोलीलाई नामिबियाका जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट र इङ्ल्यान्डका स्टेफेन इस्कीनाजी जस्ता विदेशी खेलाडीले थप बलियो बनाएका छन्।
चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन्, जससँग अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा लगायतका खेलाडी पनि छन्। टोलीमा विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा र ल्यूक मार्टिन रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे