
काठमाडौं, मङ्सिर १६ । आज आईतबार स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुँदैछ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे