
काठमाडौं, मङ्सिर १२ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ। मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो।
बुधबार बसेको समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो। बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगको लाइन नकाट्ने प्रस्ताव गरेका थिए। बैठकले सो प्रस्तावलाई पारित गरेको हो। विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएपछि बोर्डले यस्तो निर्णय गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे