
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। कम्पनीले १ः०.८८४५ को अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर मंसिर १२ गतेदेखि जारी गर्ने जनाएको छ।
कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ र त्यसको अर्थ कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न सक्नेछन्। हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति पुस २ गतेसम्म रहनेछ। यसले १ सय अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङले यस हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ। लगानीकर्ताले एसबीआई मर्चेन्ट बैंकिङ र एलआइसी नेपालको स्टार मल, पुतलीसडक, काठमाडौं तथा देशभरका अन्य शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थासँगै ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सकिनेछ।
हाल एलआइसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे