
काठमाडौँ , मङ्सिर ६ । गृहमन्त्री रमेश लेखकले मन्त्री परिर्वतन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
गृहमन्त्री लेखकले भने , ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन’, । उनले भने दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिबर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दुई दल बिच खटपट भएको छ नि रु भन्ने पत्रकारको प्रश्नमा ‘ उनले त्यो पनि बेकामको हल्ला’ भएको प्रतिक्रिया दिए । प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण जाने उनले बताए । नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै भारत वा चीन भ्रमणमा जानु परम्परा रहेको गृहमन्त्री लेखकले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे