
काठमाडौं , २५ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्री अस्वस्थ्य भएपछि केही दिन यता मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन।
बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे