
काठमाडौँ, कात्तिक १५ । आज साँझ यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजाको पर्व मनाइँदैछ। देवी लक्ष्मीको पूजाआराधना गरी घरमा ऐश्वर्य र सम्पन्नताको आगमनको कामना गरिन्छ। मान्यता अनुसार सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मी बस्छन्। यसैले, आज बिहानै घरलाई गाईको गोबर र रातोमाटोले लिपपोत गरेर दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
लक्ष्मीपूजा कात्तिक कृष्ण औँसीको रातमा गरिन्छ र यसलाई सुखरात्रि पनि भनिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, र कोठामा सरसफाइ गरी लक्ष्मीको पाइला चामलको पीठो र अबीरले बनाई लक्ष्मीको स्वागत गरिन्छ। पूजा कोठामा दीयो, कलश, गणेश, र लक्ष्मीको स्थापना गरी विधिपूर्वक पूजा गरिन्छ।
साथै, युवतीहरूले भैलो खेल्दै घरघरमा जान्छन् र ‘भलो होस्’ भन्ने गीत गाउन लगाएका बलिराजाको सम्झनामा यो परंपरा चलाइएको हो। भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, र पैसा दिइन्छ। यस पर्वमा घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत बाहिर पठाइँदा लक्ष्मी बाहिर जान्छ भन्ने धार्मिक विश्वास छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे