
काठमाडौँ , ११ कात्तिक । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदै छन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन् । खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ । आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ ।
यो खेल साँझ साँढे ६ बजे शुरु हुनेछ । नेपालले समूहचरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध जसरी पनि ६ गोल गर्ने र विजेता बन्दै भारतसँग भेट पक्का गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा पनि भयो। घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो ।
पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे