
काठमाडौँ, कात्तिक २ । सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । उनी शुक्रबार राति अमेरिका जाने भएका छन्।
टी(२० विश्वकप क्रिकेट खेल्न जान नपाएका उनलाई लिग( टू क्रिकेट खेल्न जान भने अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ देखि सुरु हुनेछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका छ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ ।
टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे