
काठमाडौँ, कात्तिक १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मीन गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो नरहेको बताएका छन् ।कार्यकर्ता प्रशिक्षण कार्यक्रमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने तत्वले गलत प्रचार गरेका आरोप समेत लगाए । महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन्। महासचिव शंकर पोखरेलले भने , ‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ। ’
मीनबहादुर गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको किर्तिपुरको जग्गाको कुनै साइनो नभएको उनले बताए । मिनहादुर गुरूङसँग जग्गा सहयोग लिंदा कुनै अदृश्य सम्झौता नगरेको दावी गर्दै महासचिव पोखरेलले एमालेलेलाई कमजोर बनाउने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको आरोप समेत लगाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे