
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण क्षति पुगेको पुलमा नेपाली सेनाले बेलिब्रीज जडान कार्य सुरु गरेको छ। असोज १० देखि १३ गतेसम्म परेको वर्षाका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली ६ जोड्ने बी.पी. राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोसी नदीको १०० मिटर लामो पक्की पुलको आधा भाग बगिएको छ, जसले आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटलाई जोड्ने पुलको मर्मत र बेलिब्रिज निर्माणको काम नेपाली सेनाले थालेको हो। सेनाको १४ बाहिनी अड्डा एरर्पोर्टको पुल महाशाखाले शनिबारदेखि कार्यमा जुटेको छ। नेपाली सेनाको प्राविधिक टोलीले आइतबारबाट बेलिब्रीज जडान गर्न थालेको छ।
सामानको तयारी अवस्थामा एक हप्ता भित्रै पुल निर्माण हुने योजना भए पनि आवश्यक सहायक सामानहरू भने आइपुगेका छैनन्। पुल निर्माण स्थलमा खटिएका सेनानी कर्णेल नारायण तुम्बाहाम्फेले जानकारी दिए अनुसार रामेछाप तर्फको सडक भत्किएको छ र बेलिब्रिज जडान गर्दा ढलान गर्नुपर्नेछ।
बेलिब्रिज निर्माणका लागि अध्ययन र नापजाँच भइसकेको छ, र आवश्यक सामाग्री खुर्कोटमा उपस्थित भएको सेनाले जनाएको छ। १४ बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईले अब बेलिब्रिज जडानको काममा जुट्न लागेको जानकारी दिए। पुल निर्माण स्थलमा ५८ जनाको प्राविधिक टोली परिचालित भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे