
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी र पहिरो पीडितका लागि राहत वितरण प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ।
सोमबार सिहंदरबारमा भएको बैठकमा गृह मन्त्रालयका सह सचिव ऋषिराम तिवारीले जानकारी दिँदै भने, “विगत तीन दिनको भारी वर्षाको कारण सिर्जित विपद् प्रभावित क्षेत्रका लागि खोज र उद्धारका बाँकी कार्यहरू निरन्तरता दिनेछौं। मौसमजन्य विपद् प्रभावितका लागि राहत वितरण प्रक्रिया एकद्वार प्रणालीबाट सुरु गरिनेछ। साथै, विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई राहतसम्बन्धी मापदण्डअनुसार रकम उपलब्ध गराउने निर्णय गरिएको छ।”
बैठकले विपद्मा घरगृह गुमाएका परिवारका लागि अस्थायी आवास निर्माण गर्न अनुदानको पहिलो किस्ता सात दिनभित्र उपलब्ध गराउने पनि निर्णय गरेको छ।
राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्न र अवरुद्ध सडक खण्डहरूलाई यथाशीघ्र सञ्चालन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिने छ। बाढी र पहिरोबाट उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी र अन्य पूर्वाधारलाई छिटो सञ्चालन गर्ने निर्णय पनि भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे