
काठमाडौं ।मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, र एक्जीबीशन एंड ट्रेड सर्विसेस इंडिया प्रा. लि. को सयुक्त आयोजनामा, आगामी भाद्र २१, २२ र २३ गते काठमाडौँको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक र नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदैछ। यस कार्यक्रमको उद्घाटन माननीय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री दीपक खड्काजी द्वारा २०८१ सालको भाद्र २१ गते बिहान ११:०० बजे गरिने छ।
यस प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी र विदेशी कम्पनीहरूको स्टलहरू रहनेछन्। प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक ट्रान्समिसन र डिष्ट्रिब्यूसन सामग्री, उर्जा आपूर्ति र नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल र कण्डक्टर, अत्याधुनिक स्वीचहरू, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरणहरू, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि लगायतका विभिन्न विद्युतीय सामग्रीहरूको प्रदर्शनी हुनेछ।
आयोजकहरूको अनुसार, बढ्दो जल विद्युत उत्पादनलाई प्रभावकारी ढंगले उपभोग गर्दै देशको आर्थिक सबलिकरण र उर्जा तथा विद्युतीय व्यवसायहरूको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो। यस प्रदर्शनीले विद्युतीय उपकरणहरूको प्रबर्धन, व्यवसायिक विकास, र आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रदर्शनी दशैंको अवसरमा आयोजना गरिएकोले ग्राहकहरूले विभिन्न कम्पनीहरूको विद्युतीय सामग्री एकै ठाउँमा हेर्न र मनपर्ने सामान खरिद गर्न सक्नेछन्। चाडपर्वको समयमा नयाँ विद्युतीय सामान खरिद गर्ने चलनको दृष्टिगत, यस प्रदर्शनीले ग्राहकलाई आकर्षित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
यस प्रदर्शनीले राष्ट्रिय र अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि र विद्युतीय उर्जा उद्यमीहरूको जमघट गराई व्यवसायिक प्रबर्धन, नविनतम उपलब्धीहरूको सूचना आदान-प्रदान, र उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी प्रदान गर्ने लक्ष्य राखेको छ। प्रदर्शनी, सम्मेलन र साझेदारीको समायोजनबाट नेपालमा विद्युतीय सामग्री र उर्जासँग आबद्ध विभिन्न उद्योगहरूका बीचमा आपसी साझेदारी र व्यवसायका अवसरहरूको सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे