
काठमाडौं, — डिशहोमले स्वास्थ्य क्षेत्रका संवेदनशील ग्राहकहरूको सेवा प्रदान गर्दै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले अस्पतालहरूको निरन्तर क्रियाशीलता र बिरामीलाई समयमै स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि उच्च प्राथमिकता राखेको छ।
डिशहोम, जो इन्टरनेट सेवा प्रदायक (ISP) र क्लाउड सेवा प्रदायकको रूपमा परिचित छ, आफ्नो उन्नत प्रविधि र अत्याधुनिक क्लाउड सेवामा पूरा विश्वास राख्दछ। यस विश्वासको आधारमा, कम्पनीलाई मानमोहन् कार्डियोथोरासिक भास्कुलर र ट्रान्सप्लान्ट सेन्टरको सम्पूर्ण प्रणालीको व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ।
डिशहोमको प्रविधिक दक्षता र सेवा स्तरले अस्पतालको संचालनलाई अविचलित राख्न र स्वास्थ्य सेवाहरूको समयमै वितरण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ। यस जिम्मेवारीलाई सम्मानपूर्वक स्वीकार गर्दै, कम्पनीले उत्कृष्ट सेवा र निरन्तर सुधारको प्रतिज्ञा गरेको छ।
डिशहोमको यो प्रयासले स्वास्थ्य क्षेत्रका सेवाहरूलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ। भविष्यमा पनि यस्ता संवेदनशील परियोजनामा उत्कृष्टता र सुधारको लागि कम्पनी प्रतिबद्ध रहनेछ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे