
काठमाडौं, वैशाख २४।बेलायती शैक्षिक प्रणालीको प्रवद्र्धन र बेलायतमा अवस्थित आप्रवासी नेपालीहरूको विकासलाई रेखाकंन गर्ने उद्देश्यले जुपिटर मिडिया बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूको भ्रमणको क्रममा रहेको छ ।
न्यूज २४ टेलिभिजनमा प्रसारण भइरहेको कार्यक्रम अन्तर्गतको बिज एजुकेशन प्रीजेन्स डिस्टिनेसन युके टेलिभिजन सो पावर बाइ रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी रहेको छ भने तीन हप्तासम्म बेलायतमा छायाकंन गरी न्यूज २४ टेलिभिजनबाट तीन महिनासम्म प्रशारण हुने कार्यक्रम निर्देशक सुनील आचार्यले जानकारी गराए ।
उनले यस अवधिमा डिस्टिनेसन अष्ट्रेलिया, डिस्टिनेसन युएयए, डिस्टिनेसन क्यानडा डिस्टिनेसन बंगलादेश, डिस्टिनेसन इण्डियामा प्रशारण गरिसकेका छन् ।
यसपटक डिस्टिनेसन युकेमा युकेका बाह्र वटा उत्कृष्ट विश्वविद्यालय, ब्रिटिस काउन्सिल र आप्रवासी नेपालको विकासलाई रेखांकन गर्नु नै कार्यक्रमको उद्देश्य रहेको रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीका सिइओ बसन्त नेपालले जानकारी दिए ।
पूर्णतयारी नभइ बेलायत आउँदा विद्यार्थीहरूले निकै दुःख पाएको बिज एजुकेशनका निर्देशन हरि कृष्ण कार्कीले जानकारी गराए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे