
काठमाडौँ, २९ चैत । विगत १० वर्ष देखि नेपाली शैक्षिक परामर्श व्यवसायमा निरन्तर सेवा प्रदान गर्दै आएको तथा नेपाली विद्यार्थीहरुलाई उनिहरुको चाहाना र उज्वल भविष्यको लागी अष्ट्रेलिया, युएसए, क्यानडा तथा साउथकोरिया शैक्षिक गन्तव्यहरूका लागी गुणस्तरीय परामर्शका साथै विभिन्न तयारी कक्षाहरु सञ्चालन गर्दै आएको सिलिकोन एजुकेसन नेटवर्कले आफनो नयाँ शाखाको विस्तार तथा कोरिया सेमिनार सम्पन्न गरेको छ ।
विगत १० वर्ष देखि नै कोरिया गन्तव्यलाई विशेष प्राथमिकताका साथ प्रवर्धन गर्दै आएको सिलिकोन एजुकेसन नेटवर्कले स्टडी इन साउथ कोरिया प्रोग्राम अन्तरगत क्युंगदोंग युनिभर्सिटीका प्रेसिडेन्ट प्रोफेसर डाक्टर जोन के लि को उपस्थितीमा अन स्पट एडमिसन एण्ड स्कलर सिप सेप्टेम्बर इन्टेक इभेन्ट मार्फत विद्यार्थीहरुलाई उत्त युनिभर्सिटीमा अध्यन गराइने कोर्स, फयासीलिटीज, फी स्ट्रक्चर, अप्लाई प्रोसेस तथा अध्यन पश्चात का विभिन्न अवसरहरुको बारेमा परामर्श प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तथा उपस्थित अथितिहरुलाई स्वागत गर्दै संस्थाका को फाउन्डर आसीस समसेर कुवँरले गरिमामय उपस्थितिको लागी धन्यवाद दिदै क्युंगदोंग युनिभर्सिटी सँगको विगत लामो समय देखिको सम्बन्ध र आगामी कार्यक्रमहरुको बारेमा चर्चा गर्नु भएको थियो ।
त्यस्तै विशेष समारोहमा सम्बोधन गर्दै क्युंगदोंग युनिभर्सिटीका प्रेसिडेन्ट प्रोफेसर डाक्टर जोन के लि ले सिलिकोन एजुकेसन नेटवर्क सँगको हालसम्मको साझेदारी देखि आफु निकै प्रभावित रहेको र नेपाली विद्यार्थीहरुका लागी युनिभर्सिटीले विशेष प्राथमिकताका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको हुदा नेपालमा आफनो आधिकारीक सम्पर्क तथा सूचनाको सिलिकोन एजुकेसन नेटवर्क संग सम्पर्क गर्न पनि आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रमका आफनो मन्तव्य राख्दै संस्थाका को फाउन्डर दिवस सम्सेर कुवँरले, संस्थाले हाल सम्म नेपाली अभिभावक तथा विद्यार्थीहरुको सेवामा निरन्तर लागी रहेको तथा अव नयाँ शाखा कार्यालय मार्फत आफनो सेवामा अझै विस्तार भएको र यसले आफुहरु मा नया जिम्मेवारी थपिएको भन्दै यसलाई पुर्ण बफादारीताका साथ निर्वाह गर्ने कुरामा जोड दिनु भयो ।
त्यस्तै नव समुद्धघाटीत शाखाकी ब्रान्च म्यानेजर, सुनिता शर्मा लामिछानेले,सिलिकोन एजुकेसन नेटवर्कले विगत १० वर्ष भन्दा लामो समय देखि नेपाली अभिभावक तथा विद्यार्थीहरु गुणस्तरीय सेवा प्रदान गर्दै कायम राखेको छविलाई आफनो शाखा मार्फत निरन्तरता दिदै संस्थाको छविलाई थप उचाइ पुराने कुरा व्यक्त गर्नू भयो ।
सिलिकोन एजुकेसन नेटवर्कले आफनो केन्द्रिय कार्यालय पुतलीसडक तथा शाखा कार्यालयहरु चहविल, बुटवल र दांग बाट समेत आफनो गुणस्तरी शैक्षिक परामर्श सेवा तथा विभिन्न भाषा तयारी कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे