
काठमाडौँ , २८ असोज | धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दीमा आज जीप दुर्घटना भएको छ । उक्तm जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय अनुरोध तामाङ रहेकी छिन् ।
धादिङ्बेसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नंम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा दशै विदामा घर जान लागेका बालबालिका र अभिभावकहरु घाइते भएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे