
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न कडाइका साथ निर्देशन दिएको छ। हालै विभागले यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै उक्त सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन गर्न ताकेता गरेको हो।
इन्धनको मूल्यवृद्धिपछि केही सवारीसाधनले विद्यार्थीलाई भाडा छुट नदिएको गुनासो बढेपछि विभागले हस्तक्षेप गरेको जनाएको छ। पछिल्लो समय विद्यार्थीहरूले विभिन्न गुनासो माध्यममार्फत छुट नपाएको, परिचयपत्र देखाउँदा समेत अस्वीकार गरिएको तथा दुर्व्यवहार भएको उजुरी गरेका छन्।
विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीहरूले सार्वजनिक सवारीसाधनमा ४५ प्रतिशत भाडा छुट पाउने कानुनी व्यवस्था रहेको छ। उक्त व्यवस्था कार्यान्वयन नगर्ने सवारीसाधनलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने स्पष्ट पारिएको छ।
साथै, विद्यार्थीमैत्री यातायात सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई नियमित अनुगमन र निरीक्षण प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे