• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ब्याज अनुदान कार्यक्रममा गम्भीर कमजोरी, अनुगमन बिना अर्बौँ खर्च

६ घण्टा अघि
२

दलित आयोगका सदस्य कामीले दिए राजीनामा

९ घण्टा अघि
३

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

१0 घण्टा अघि
४

जेनजी आन्दोलनका अगुवाद्वारा संविधान संशोधन छलफल बहिष्कार

१0 घण्टा अघि
५

प्रधानमन्त्रीको राजीनामा माग्नु उचित होइन: ज्ञानेन्द्र शाही

१0 घण्टा अघि
६

गुप्तचर विभाग फेरि पुग्यो प्रधानमन्त्री कार्यालयमा

११ घण्टा अघि
७

गुणस्तरहीन खाद्य वस्तु बजारबाट हटाउन विभागको कडाइ, चाउचाउ र बिस्कुट फिर्ता निर्देशन

१२ घण्टा अघि
८

कृषि मन्त्रालयको प्रगति कमजोर, लक्ष्यभन्दा पछाडि उत्पादन र कार्यान्वयन

१२ घण्टा अघि
९

२१ जेठभित्र सदस्यता अद्यावधिक अनिवार्य गर्न कांग्रेसको निर्देशन

१२ घण्टा अघि
१०

भारतले चिनी निर्यात रोक्यो, नेपालमा तत्काल अभाव नहुने

१२ घण्टा अघि
११

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

१२ घण्टा अघि
१२

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार (३ हफ्ता अघि)

गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

  • 2,496 Views
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङमाथि व्यवसायिक साझेदारी र सम्पत्ति विवरणसँग सम्बन्धित विषयलाई लिएर विवाद चुलिँदै गएको छ । गृहमन्त्री बनेको एक महिना नपुग्दै उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपलगायतसँग व्यवसायिक साझेदार रहेको विषय सार्वजनिक भएपछि बहस तीव्र बनेको हो । यसै सन्दर्भमा बिचौलिया दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङ संस्थापक सेयरधनी रहेको विवरण सार्वजनिक भएको छ ।

    उक्त इन्स्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा उनको नाम रहेको र उनले करिब २५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको देखिएको छ । २०७९ सालमा लाइसेन्स पाएको उक्त लघु बीमा कम्पनीमा इन्फिनिटी होल्डिङ्स, जगदम्बा ग्रुप तथा शंकर ग्रुपलगायतका व्यावसायिक समूहको लगानी रहेको उल्लेख छ । तीमध्ये केही समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेको जनाइएको छ । तर, गृहमन्त्री गुरुङले पेश गरेको सम्पत्ति विवरणमा भने उक्त सेयर समावेश नभएको दाबी गरिएको छ ।

    उनले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणमा होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्ट्समा मात्र संस्थापक सेयर लगानी रहेको उल्लेख गरेका छन् । यसले पारदर्शिता र जवाफदेहितासम्बन्धी प्रश्न उठाएको छ । यसैबीच, जेनजी मुभमेन्ट नेपालले गृहमन्त्रीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई पदबाट अलग गर्न माग गरेको छ ।

    मुभमेन्टले मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै स्वार्थको द्वन्द्व टार्न आवश्यक कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेको छ । उता, गृहमन्त्री गुरुङ आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पनि यस विषयमा आन्तरिक छलफल तीव्र भएको छ । पार्टी स्रोतका अनुसार आरोपबारे छानबिन प्रक्रिया अगाडि बढाउने विषयमा केन्द्रीय समिति बैठकमा निर्णय हुने तयारी गरिएको छ । पार्टी नेतृत्वले आरोपको यथार्थता बुझ्न सम्बन्धित पक्षसँग सोधपुछ गरी आवश्यक निर्णय लिने जनाएको छ ।

    विवाद सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङले पार्टी सभापतिसँग भेटवार्ता गरी आन्तरिक परामर्शसमेत तीव्र पारेको स्रोतले जनाएको छ । यस विषयमा गृहमन्त्री गुरुङको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

    केही समयअघि नातावादसम्बन्धी आरोप लागेका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई पदमुक्त गरिएको सन्दर्भमा गृहमन्त्रीको हकमा पनि सरकारमाथि दबाब बढिरहेको जनाइएको छ ।गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको पुष्टि भएको छ । भदौको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक हुन् ।

    त्यही संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । कतै स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाखको “निशुल्क” शेयर त्यही सम्मानको बार्टर त हैन ? प्रश्न यसरी पनि उठ्ने गरेको छ । सन् २०२१ को डिसेम्बर २१ मा उक्त संस्थाले आयोजना गरेको साधारण सभामा सहयोगी तथा दाताहरुलाई सम्मान गर्दा बिचौलिया भट्टलाई पनि उपहार र कदर पत्र प्रदान गरिएको थियो ।

    सुधन र बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले निजलाई उपहार र कदरपत्र हस्तान्तरण गरेको फोटो भेटिएको छ । एकपछि अर्को विवादमा तानिएपछि सुधनको सामाजिक संस्था हामी नेपालको वेवसाइट खुल्न छाडेको छ । हिजो बेलुकी मात्रै सुधन र दीपक भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भएको छ । यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जमिन विवरण प्रचलित हदबन्दीभन्दा झण्डै चार गुणा बढी देखिएको थियो । सुन,नगद र सेयर विवरणको स्रोतबारे आलोचना भएपछि उनले सामाजिक सञ्जालमा ‘गरिब भएर जन्मिनु गल्ती होइन,गरिब भएर मर्नु गल्ती हो’ लेखेका थिए ।

    गृहमन्त्री सुधन गुरुङले मन्त्री नियुक्त हुनुअघि छोटो अवधिमै ठूलो परिमाणमा सेयर खरिद गरेको विवरण सार्वजनिक भएपछि उनीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। प्राप्त तथ्यअनुसार उनले करिब पचास दिनको अवधिमा धितोपत्र बजारमा ५३ लाख ३५ हजार ५८० रुपैयाँ बराबरको सेयर खरिद गरेको देखिएको छ, जसले समय र स्रोत दुवैबारे व्यापक बहस निम्त्याएको छ।

    विवरणअनुसार २०८२ माघ १५ देखि चैत ८ गतेसम्म उनले दोस्रो बजारमा १० पटक कारोबार गर्दै उल्लेखित रकम बराबरको सेयर खरिद गरेका छन्। प्रारम्भिक दिनमै करिब १५ लाख रुपैयाँ लगानी गरेका उनले माघ २७ गते एकैपटक १६ लाखभन्दा बढी रकम लगानी गरेका थिए। मन्त्री नियुक्त हुनुभन्दा केही दिनअघि चैत ८ गते मात्र सातवटा कारोबारमार्फत थप सेयर खरिद गरिएको तथ्य पनि सार्वजनिक भएको छ।

    उक्त सम्पूर्ण कारोबार एक धितोपत्र दलाल संस्थामार्फत सम्पन्न भएको देखिन्छ भने मुख्य रूपमा पूर्वाधार तथा लगानीसम्बन्धी कम्पनीका सेयरमा लगानी केन्द्रित गरिएको जनाइएको छ। यसअघि दोस्रो बजारमा सक्रिय नदेखिएका गुरुङ अचानक ठूलो लगानीसहित प्रवेश गर्नुले लगानीको स्रोत र समय छनोटमाथि प्रश्न उठाएको छ।

    यससँगै सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका समूहसँग सम्बन्धित दुई लघु बीमा कम्पनीमा समेत गुरुङको लगानी रहेको तथ्य सार्वजनिक भएको छ। ती कम्पनीहरूमा उनले २५–२५ लाख रुपैयाँका दरले संस्थापक सेयर राखेको देखिएको छ, जसले व्यावसायिक सम्बन्ध र लगानीको प्रकृतिबारे थप जिज्ञासा उत्पन्न गरेको छ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ब्याज अनुदान कार्यक्रममा गम्भीर कमजोरी, अनुगमन बिना अर्बौँ खर्च
    ६ घण्टा अघि

  • २

    दलित आयोगका सदस्य कामीले दिए राजीनामा
    ९ घण्टा अघि

  • ३

    महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
    १0 घण्टा अघि

  • ४

    जेनजी आन्दोलनका अगुवाद्वारा संविधान संशोधन छलफल बहिष्कार
    १0 घण्टा अघि

  • ५

    प्रधानमन्त्रीको राजीनामा माग्नु उचित होइन: ज्ञानेन्द्र शाही
    १0 घण्टा अघि

  • ६

    गुप्तचर विभाग फेरि पुग्यो प्रधानमन्त्री कार्यालयमा
    ११ घण्टा अघि

  • ७

    गुणस्तरहीन खाद्य वस्तु बजारबाट हटाउन विभागको कडाइ, चाउचाउ र बिस्कुट फिर्ता निर्देशन
    १२ घण्टा अघि

  • ८

    कृषि मन्त्रालयको प्रगति कमजोर, लक्ष्यभन्दा पछाडि उत्पादन र कार्यान्वयन
    १२ घण्टा अघि

  • ९

    २१ जेठभित्र सदस्यता अद्यावधिक अनिवार्य गर्न कांग्रेसको निर्देशन
    १२ घण्टा अघि

  • १०

    भारतले चिनी निर्यात रोक्यो, नेपालमा तत्काल अभाव नहुने
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ३

    १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्‍याइने

    नेपाल नक्सा
    ४

    अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी

    नेपाल नक्सा
    ५

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

    नेपाल नक्सा
    ६

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution