
काठमाडौं । नेपाली कांग्रेसले अझै संसदीय दलको नेता छान्न सकेको छैन। यही विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ।
बैठकमा सभापति गगन थापाले सहमतिका आधारमा दलको नेता प्रस्ताव गर्ने तयारी गरेका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’का अनुसार, बैठकपछि दिउँसो १ बजे सांसदहरूसँग थप छलफल गरिनेछ।सभापतिले प्रस्ताव गरेपछि दलको विधानअनुसार नेता चयन प्रक्रिया अगाडि बढाइनेछ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ।
कांग्रेसका ३८ सांसद छन्। यसअघि शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया अन्तिम समयमा स्थगित गरेर सहमतिमै नेता चयन गर्ने प्रयास जारी राखिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे