
जाजरकोट, असोज २३ । जाजरकोटको कुशे गाउँपालिका –१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरी नौ वर्षीया निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।
अरिङ्गालले टोकेर घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको र सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको हो ।
अरिङालले टोकेर हजुरआमा बिजुली सिंह घाइते भएकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे