
काठमाडौं, असोज २ | कपिलवस्तुमा चिर्पट प्रहार गरी एक जनाको हत्या भएको छ । सोमवार राती अन्दाजी ९ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
विवाद भएपछि वर्ष २५ का भुवन दर्जीले ६२ वर्षीय बुवा बलबहादुर दर्जीलाई चिर्पट दाउराले प्रहार गरेका थिए ।
चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बलबहादुर भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे