
काठमाडौँ, २४ चैत । सरकारले कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले लिम्वुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति दिने निर्णय पनि भएको जानकारी दिनुभयो ।
मन्त्रि शर्माले भनिन्,‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूू निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’
बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत् पक्षसँग वार्ता गरेर समाधान खोज्ने निर्णय समेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे