
काठमाडौँ, २३ चैत । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।
किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्रि प्रचण्डलाई बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे