
काठमाडौँ ,१८ माघ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिन दबाव दिंदै आएको छ । आज बुधबार बिहान १०ः३० बजे बालुवाटार प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
पूर्व गृहमन्त्री रवि लामिछानेको गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग रहेको छ । हिजो रास्वपाले अध्यक्षका वि लामिछानेले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे