२०८० आश्विन १४, आईतबार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार साढे २ बजेका लागि बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र प्रमुखहरूसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन्।
एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।
एमालेको अवरोधपछि मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्। साेही विषयमा छलफलको लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे