२०८० आश्विन १४, आईतबार
काठमाण्डौ।भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजी भि आई टी ले यसै साता काठमाडौंमा एक एजेन्ट मीटको आयोजना गरेको छ।
पोष्ट प्यान्डामीक सिच्वेसनको बारेमा सत्य तथ्य जानकारी गराउने उद्देश्यका साथ आयोजना गरीएको उक्त कार्यक्रममा भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजीका डिप्युटी जनरल म्यानेजर, इंटरनेशनल स्टूडेन्ट रिक्रूटमेंट इन्द्र अधिकारी, नेपालका लागि इंटरनेशनल रिक्रूटमेंट एग्जुकेटीभ फुर्बु तासी लामा, शैक्षिक परामर्श ब्याबसायी र शैक्षिक जगतका दीगज ब्यक्ती, ब्यक्तीत्व हरूको उपस्थित रहेको थियो। कार्यक्रममा भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजीका डिप्युटी जनरल म्यानेजर, इंटरनेशनल स्टूडेन्ट रिक्रूटमेंट इन्द्र अधिकारीले पोष्ट प्यान्डामीक सिच्वेसन, बोडर खुल्ने समाचार, नयाँ भर्ना प्रकृया, क्षात्रबृती लगायतका बिषयमा एजेन्टहरू लाई जानकारी गराउनु भयो।
उक्त कार्यक्रममा भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजीका बारेमा जानकारी गराउदै आई डि पी नेपालका डाइरेक्टर भूपेन्द्र सिटौलाले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो। लिटिल एन्जल्स् कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल डाक्टर मित्र बन्धु पौडेलले शैक्षिक परामर्श ब्याबसायलाई मर्यादित बनाउदै लैजानका लागि उत्प्रेरणा प्रदान गर्नु भएको थियो।
कार्यक्रमको अन्तमा बिद्यार्थी भर्ना प्रकृया, जि टी इ र छात्रवृत्तिका बारेमा प्रश्न उत्तर गरीएको थीयो। आई डि पी नेपालका डाइरेक्टर भूपेन्द्र सिटौलाले अन्तमा लिटिल एन्जल्स् कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल डाक्टर मित्र बन्धु पौडेललाई मायाको चिनो प्रदान गर्नु भयो।
एजेन्ट मिट सगसगै भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजी टिम काठमाडौंका एजेन्ट र उपत्यका बाहिरका शैक्षिक परामर्श केन्द्र हरूमा पनि भ्रमण गर्ने योजना रहेको भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजी नेपालका लागि इंटरनेशनल रिक्रूटमेंट एग्जुकेटीभ फुर्बु तासी लामाले जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे