२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, १ असार । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । नेपाल बैंक प्रधान कार्यालय मानव स्रोत ब्यवस्थापन विभागले आज एक सुचना प्रकाशित गर्दे छैटौँदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो ।
खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
दरखास्त नेपाल बैंकको https://nepalbank.com.np/ वेबसाइटमा गएर carrier apply online बटममा click गरी त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे