
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा सरकारले ल्याएको विनियोजन विधेयक २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ आज दिइनेछ।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको पनि मन्त्रीहरूले स्पष्टीकरण दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे