• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

१२ घण्टा अघि
२

तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन

१७ घण्टा अघि
३

‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न

१७ घण्टा अघि
४

ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग

१८ घण्टा अघि
५

सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन

१८ घण्टा अघि
६

प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक

१८ घण्टा अघि
७

संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने

१८ घण्टा अघि
८

अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ

१८ घण्टा अघि
९

प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्

१८ घण्टा अघि
१०

आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान

१९ घण्टा अघि
११

राजनीतिक नियुक्ति पाएका १५९४ जना पदमुक्त हुँदै

१९ घण्टा अघि
१२

रास्वपाको सचिवालय बैठक बस्दै

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)

खोटाङमा भूकम्पबाट दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति

  • 3,005 Views
  • खोटाङ ,१७ साउन । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ।

    यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको छ। साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिए।

    उनका अनुसार बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो।

    भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए।

    ‘स्थानीय तहहरूले भूकम्पसँगै बाढी र पहिराको समेत क्षतिको विवरण टिपाउने क्रम जारी छ’, उनले भने, ‘जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको विवरण चाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको छ। जिल्लामा भारी वर्षा भइरहेकाले यकिन विवरण आउन समय लाग्ने देखिएको छ।’

    वि.सं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन्।

    भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जाने क्रम जारी रहेकाले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई आग्रह गरिएको प्रजिअ सेढाईंले बताए।

    ‘जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जाने क्रम जारी छ’, उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ।’

    हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ।

    भूकम्प गएलगत्तै नगरपालिकाले ‘इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्ट’का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।

    जिल्लाका अन्य स्थानीय तहले पनि भूकम्पबाट आ–आफ्नो क्षेत्रमा भएका क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी राखेका छन्। भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य
    १२ घण्टा अघि

  • २

    तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन
    १७ घण्टा अघि

  • ३

    ‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न
    १७ घण्टा अघि

  • ४

    ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग
    १८ घण्टा अघि

  • ५

    सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन
    १८ घण्टा अघि

  • ६

    प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक
    १८ घण्टा अघि

  • ७

    संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने
    १८ घण्टा अघि

  • ८

    अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ
    १८ घण्टा अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्
    १८ घण्टा अघि

  • १०

    आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    २

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ३

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

    नेपाल नक्सा
    ४

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    ५

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ६

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution