
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा उनले खुला तर्फबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका हुन्।
उनको प्रस्तावक नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् भने २१ जना प्रतिनिधिले समर्थन गरेका छन्।
पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई अझ सशक्त बनाउन आफूले योगदान दिने बताएका छन्। उनी काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद पनि हुन्।
यसअघि उनी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका सल्लाहकार समेत थिए। रास्वपाको महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे