
जाजरकोट, भदौ २३ । जाजरकोटमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।
घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएकी जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ । घटनामा घाइते भएकी चलाउनेकी छोरीलाई स्थानीयले उद्दार गरेका छन् ।
घटनास्थलमा सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न समस्या भइरहेको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे