
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएको कारण ट्राफिक नियम उल्लङ्घनमा जरिवाना तिरेका छन३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उहाँलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो।
सरकारी निवास परिसरभित्र बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भएको थियो। भिडियोमा उहाँले हेल्मेट नलगाएको देखिएको थियो, जुन उनकै स्वकीय सचिवले पोस्ट गरेका छन।
स्वास्थ्य समस्याका कारण उनी हाल वाकरको सहारामा हिँड्नुहुन्छ। तर, नियम तोडिएको पुष्टि भएपछि उहाँले गल्ती स्वीकार गर्दै जरिवाना तिर्नुभएको छ। यस घटनालाई कानुन सबैका लागि समान हुन्छ भन्ने उदाहरणका रूपमा लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे